विराटनगर – विराटनगर महनगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले मनोनयन दर्ता गराउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले हिजो शनिवार मात्र जसपा छोडेको घोषणा गर्नु भएको थियो ।
सत्तासीन दलबीच विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि उहाँले पार्टी छोड्नु भएको हो । मनाेनयन दर्ता गराउँदै यादवले आफ्नाे उम्मेदवारी कसैका विरुद्ध नभइ समृद्ध विराटनगरका लागि भएकाे बताउनुभएकाे छ ।
विराटनगरको मेयर पदमा अर्को स्वतन्त्र उम्मेदवारी पनि परेको छ । स्वतन्त्र उम्मेदवार सक्रिय गौत...