काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार सहयोगका लागि पश्चिमा देशहरुलाई फेरि पनि आग्रह गरेका छन्। उनले लडाकु विमान, ट्यांक तथा मिसाइल डिफेन्स सिस्टम माग गरेका छन्। गएराति एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सुरक्षाका लागि बनाइएका हतियार गोदाममा धुलो खाएर बसेको बताएका छन्।उनले मेसिन गनले रुसी लडाकु विमान खसाल्न नसकिने भन्दै डिफेन्स सिस्टम माग गरे। उनले भने, ‘हाम्रा सहयोगीसँग हतियार छन् र ती गोदाममा थन्किएका छन्।’ उनले नेटोका एक प्रतिशत लडाकु विमान र