सुनसरी गढीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा

अन्नबाली उत्पादनको उर्वरभूमि मानिएको पूर्वको झापा, मोरङ र सुनसरीका किसानलाई सहजता प्रदान गर्ने उद्देश्यले सुनसरी गढीमा आइतबारदेखि खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ। गढी गाउँपालिका वडा नं. २ मा कुल १५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह सञ्चालनमा आएक...

सम्बन्धित सामग्री

खाद्यान्न भण्डारण गृहको सुनसरीमा व्यावसायिक शुभारम्भ

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका–२ औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतबारबाट व्यावसायिक शुभारम्भ भएको छ । यस्तै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरू पनि छिट्टै सञ्चालनमा आउने क्रममा छ ।कम्पनी संस्थापन गर्नका उद्देश्यहरूमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा […]

सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालन

सुनसरी (अस) । सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको गढी गाउँपालिका वडा नं २ औरावनीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा ल्याएको हो । कुल १५ हजार मेट्रिक टन भण्डारण क्षमता रहेको गृहको शुभारम्भ आइतवारदेखि गरिएको हो । उक्त गृहमा अहिले गहुँ, मकै र भटमास भण्डारण गरिने भए पनि विस्तारै अन्य खाद्यान्न पनि भण्डारण गरिने कम्पनीले जानकारी दिएको छ । भण्डारण गृह निर्माणको मुख्य उद्देश्य नै किसानले उत्पादन गरेका खाद्यान्नलाई भण्डारणको सुविधा उपलब्ध गराउनु रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महŒवका  शहरहरूमा पनि पनि खाद्यान्न भण्डारण गृह निर्माण भइरहेका छन् । उक्त तीनओटै जिल्लामा समेत भण्डारण गृह निर्माणका लागि १ अर्ब ३९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणकर्ता कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबायोटेक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई इन्भेस्टको लगानी रहेको छ । पछिल्लो समय नेपाल इन्फ्राष्ट्रक्चर बैंक, मुक्तिनाथ कृषि कम्पनी,  हिमालयन क्यापिटल, आईएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टले पनि कम्पनीमा लगानी गरेका छन् । कम्पनीले पर्सा र कपिलवस्तुमा निर्माण भइरहेका  भण्डारण गृहहरू पनि चाँडै सञ्चालनमा ल्याइने जानकारी दिएको छ ।

सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतबारबाट व्यवसायिक शुभारम्भ भएको छ । यस्तै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरुपनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको छ ।कम्पनी संस्थापन गर्नका उद्देश्यहरुमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्

नेपाल वेयर हाउजिङग कम्पनीले शुरु गर्‍यो व्यवसायिक शुरुवात

चैत २०, काठमाडौं । नेपाल वेयर हाउजिङग कम्पनी लिमिटेडले सुनसरीको गढी गाउँपालिका- २ स्थित औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतवारदेखि व्यवसायिक सेवा शुरु गरेको छ ।  उक्त भण्डारण गृहको कुल क्षमता १५ हजार मेट्रिक टन रहेको छ। भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिने छ।  कम्पनीले खाद्यान्न भण्डारण गृहमार्फत कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु प्रमुख उद्धेष्य रहेको बताएको छ। कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा बैज्ञानिक तवरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको भन्दै कम्पनीले  कृषि उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेको बताएको छ। भण्डारणको अभावमा खाद्यान्न केहि महीनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरीद गर्नुपर्ने अवस्था रहेको भन्दै कम्पनीले यस्तो समस्याको समाधानका लागि मुलुकको सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको बताएको छ। कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्दतिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको बताएको छ। साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको पनि बताएको छ ।  कम्पनीले सञ्चालन गरेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १३९ करोड रुपैयाँ रहेकोमा सो लगानीमध्ये  ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजी परिचालन गरिने बताएको छ । ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसबिआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू कृषि विकास बैंकको सह- वित्तीयकरणमा गरिएको छ। कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन्। पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फण्ड म्यानेजमेन्टसमेतले पूँजी लगानी गरेका छन् । कम्पनीमा ती लगानीकर्ताहरुबाट कुल चालू पूँजी ६८ दशमलव ७५ करोड  रुपैयाँको ८० प्रतिशतले हुन आउने  ५५ करोडको शेयर लगानी भइसकेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/ ८० मा सार्वजनिक निस्कासन(आईपीओ) बाट कुल जारी पूँजीको २० प्रतिशत बराबरको १३ दशमलव ७५ करोड रुपैयाँ जम्मा गर्ने  लक्ष्य  लिएको छ।