सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने सहमति गरेसँगै पूँजीबजारमा आइतवार उत्साह देखिएको छ । गत साता १५१ दशमलव ३६ अंकले घटेको बजार यो साता पहिलो कारोबार दिनमै १०५ दशमलव ५५ अंकले बढ्यो ।
यस दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ । आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दल सहमत भएको सूचना आएसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् ।
शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेको बताए । यसअघिका वर्ष...