काठमाडौं : यही तरिकाले कोरोना संक्रमण बढे केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको विज्ञप्ति अनुसार कोरोना संक्रमण बढ्दा यसको चक्र रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने बेडसमेत खाली नहुने भन्दै सतर्क रहन आग्रह गरेको हो।विज्ञप्तिमा सार्वजनिक स्थलमा कार्यक्रम नगरिदिन र खबरदारी गरिदिनु पनि भनिएको छ। यस्तै मन्त्रालयले कोरोना मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ।