काठमाण्डाै - एमसीसीको विरोधमा संसद् भवन अगाडि विरोध प्रदर्शन हुन थालेपछि बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ गरिएको छ । माइतीघर मण्डला–तीनकुने सडक खण्डमा गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यसकै विरोधमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भातृ सङ्गठनलगायतले आज पनि विरोध प्रदर्शन गर्दैछन् । उनीहरु सडकमा निस्कन थालिसकेका छन् । आज यो क्षेत्रको सुरक्षा व्यवस्था थप कडा प...