काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ११४ दशलमव ५४ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीले रू. १ करोड ४५ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ३ करोड १२ लाख पुगेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. २५ करोड ३९ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. २९ करोड ४८ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २३ करोड छ । कम्पनीले जगेडामा रू. ३ करोड ८० लाख सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशलमव ५४, तरलता अनुपात १ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०९ छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्