दाङ– कृषि ज्ञान केन्द्र दाङको चालु आर्थिक वर्षका लागि २०८०/०८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारबाट विनियोजन भई कार्यान्वयनका लागि आएको स्वीकृत भएको कार्यक्रम सार्वजनिक गरिएको हो । कृषि क्षेत्रको बजेट अघिल्लो आर्थिक वर्षमा घटेको कार्यालय प्रमुख नरेश धितालले बताए । ज्ञान केन्द्रका अनुसार जिल्लामा […]
कृषि मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका १० कार्यक्रमका लागि आगामी बजेटले रकम विनियोजन नगरेपछिको अन्योल अझै हटेको छैन । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा कृषिमा करिब ५ अर्ब रुपैयाँ थप गरेको बताएका थिए । तर, कृषिको बजेट कार्यक्रम पुस्तिकामा सञ्चालनमा रहेका १० कार्यक्रम र यीअन्तर्गतका १४७ कार्यालयका लागि बजेट हालिएको छैन । बजेट […]
इलामको देउमाई नगरपालिकाले ‘प्राकृतिक स्रोत कृषि र पर्यटन: समृद्ध देउमाई हाम्रो अभियान’ लक्ष्यसहित आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ।...
काठमाडौं, असार ७ । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केही निकायका बजेट शून्य बनाएपछि मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । कृषि मन्त्रालयका लागि बजेट विनियोजन भए पनि सो अन्तर्गत रहेका केही निकायका कार्यक्रममा अर्थ मन्त्रालयले रकम नहालेपछि थप कार्यक्रम अगाडि बढाउन कृषि मन्त्रालय अन्योलमा परेको छ । यस विषयमा कृषिमन्त्री डा. वेदुराम […]
काठमाडौँ । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । […]
सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।
–सिद्धराज भट्ट सुदूरपश्चिम, २४ मङ्सिर: सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम कार्यान्वयनका लागि छनोटमा परेका कतिपय नमूना गाउँमा बजेट नछुट्याइएपछि कृषकमा निराशा छाएको छ । तीन वर्षको अवधिसम्म सञ्चालन गर्ने भनेर सुरु गरिएको यो कार्यक्रमअन्तर्गतका कतिपय कृषि नमूना गाउँमा तोकिएको अवधि पूरा नहुँदै बजेटको रोकिएपछि किसानमा निराशा छाएको हो । योसँगै छनोटमा […]
१२ जेठ, काठमाडौं । बजेट बन्ने सयममा सधैंजसो बहसमा नछुट्ने विषय हो कृषि क्षेत्र, तर चर्चा गरेजस्तो काम कहिल्यै हुँदैन । यो पटक चुनावी सरकारले ल्याउने बजेटमा के अपेक्षा गर्ने त ? कृषि विज्ञहरु जननिर्वाचित सरकारले समेत हेलाहोचो गरेको कृषि क्षेत्रलाई कामचलाउ सरकारले गतिला कार्यक्रम दिने अपेक्षा गर्न नसकिने बताउँछन् । कृषिविज्ञ मदन राई पञ्चायकालदेखि […]
काठमाडौं। नेपालको कृषि क्षेत्रलाई सरकारले न्यून बजेट छुट्टयाउने गरेको राष्ट्रिय किसान समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताएका छन्। उनले बजेट बनाउँदा किसानले कार्यक्रम लिन नसक्ने गरेको उनले बताए। कुल गार्हस्थ उत्पादनमा २६ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा बजेट थोरै हुने बताए। यस वर्ष अर्थमन्त्रालयले कृषि मन्त्रालयलाई ३६ अर्ब ३५ करोडको सिलिङ दिएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ । प्रत्येक वर्ष १५ जेठमा ल्याउनैपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले आउँदो वर्षका लागि बजेट निर्माण गर्ने काम भइरहेको छ । विभिन्न मन्त्रालयले नीति कार्यक्रम तथा बजेट निर्माण गरिरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका कार्यक्रम बनाइरहेको छ । यो वर्ष अघिल्लो वर्षको […]