पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन्। त्यहाँको सर्वोच्च अदालतले शुक्रबार विदेशमा कालो धन राखेकोमा दोषी ठहर गर्दै सरिफ प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला सुनाएको थियो। अदालतको फैसलाप्रति सरिफको असन्तुष्टि भएपनि प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको जनाएको छ। पाकिस्तानमा आउँदो वर्ष संसदीय निर्वाचन तोकिएको छ। सरिफको राजीनामापछि अब कसले सरकारको नेतृत्व गर्छ भन्ने टुंगो भइसकेको…