केराको विषयमा बीमा प्राधिकरणको नीतिलाई लिएर केरा उत्पादक संघले आपत्ति जनाएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । नवलपरासीका केरा किसानहरु विगतका वर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिइरहेका बेला बीमा प्राधिकरणको प्रति हेक्टर १९०५ बोट मात्र केरा बोट लगाएकोलाई बीमा गर्ने निर्णय प्रति संघको ध्यानाकर्षण भएको संघका अध्यक्ष लख्खु यादवले