सुर्खेत। कर्णाली प्रदेशसभा निरन्तर तेस्रो दिनपनि अवरुद्ध भएको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले प्रदेशसभा दलका नेता यमलाल कँडेलले आफ्ना मागबाट सरकार भागिरहेको आरोप लगाए। भने,“सरकारको नियत खराब देखिएको छ। सरकार संसदबाट बजेट नल्याउने बाटो बनाइरहेको छ।” एमाले भौतिक पूर्वाधार विकासमन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने बताउँदै आएको छ।अहिले सभा सञ्चालन गर्ने विषयमा छलफल चलिरहको छ।