सामूहिक आलु खेतीमा कस्सिएको ‘ट्वाण्टी-ट्वाण्टी’ समूह

के गर्ने भनेर सोचिरहेको ट्वान्टी-ट्वान्टी समूहले आलु खेती गर्नेबारे छलफल थाल्यो। सबै सहमत भएपछि उनीहरूले झण्डै १ सय रोपनी क्षेत्रफलमा आलु खेतीको सुरूआत गरेका हुन्।

सम्बन्धित सामग्री

सामूहिक आलु खेतीमा किसानको आकर्षण

गुल्मीको चन्द्रकोट गाउँपालिका–१, दिवुरङ्ग लुग्दीका ३४ घरपरिवार सामूहिक व्यवसायिक आलु खेतीमा लागेका छन्। आलु पकेट विकास कार्यक्रम अन्तर्गत १५० रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरेका हुन्।

चन्द्रकोटमा पकेट क्षेत्र बनाएर सामूहिक आलु खेती

३० वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोटका किसानहरू आलु खेतीतर्फ आकर्षित भएका छन् । पहिले परम्परागत खेती गरिरहेका किसानहरू पछिल्लो केही वर्षयता सामूहिक रूपमा व्यावसायिक आलु खेती गर्न थालेका छन् । चन्द्रकोटको वडा नम्बर–१ को दिब्रुङ्ग …

म्याग्दीको ठूलोखोलामा सामूहिक आलु खेती

बेनी (म्याग्दी)- बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलु खेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताइन् । 'अहि...

सहकारीद्वारा सामूहिक आलु खेती

गलेश्वर, ९ साउन । पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अहिले हराभरा भएको छ । सहकारीले […]

कावासोतीमा सामूहिक आलु खेती

काठमाडौँ,८ माघ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलु खेती गरेका हुन् । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० […]

गुल्मीको मुसीकोटमा सामूहिक आलु खेती

१८ जेठ, गुल्मी । गुल्मी मुसीकोट नगरपालिका–८ कि लक्ष्मी सापकोटा गाउँमा समूहमा आलु खेती गर्छिन् । समूहमा खेती गर्दा मल राख्न, पानी लगाउन र बीऊ किन्न सजिलो भएकाले उनलाई एक्लै खेती गर्दा भन्दा सजिलो भएको छ । स्थानीय तुलसी सापकोटालाई पनि सामूहिक आलु खेतीबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको छ । लक्ष्मीनारायण महिला […]

कोरोनालाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती

कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् ।

सामूहिक आलु खेती गर्दै दलित महिला

लिङ नगरपालिका ९ का दलित महिलाहरुले बामलेटारमा सामूहिक आलु खेती गरेका छन् । महिलाले वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती गरेका हुन् । ४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताउनुभयो । नगरपालिकाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निशुल्क उपलब्ध गराएको बताउदै अध्यक्ष विश्वकर्माले समूह मार्फत श्रममात्रै गरेको बताउनभुयो । महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आँफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत ब्यवसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । कोभिड १९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताउनुभयो । उत्पादन भएको आलु समूहले आँफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार ब्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताउनुभयो । वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग गर्ने बिकले बताउनुभयो ।

पाँच सय रोपनीमा सामूहिक आलु खेती

आँधीखोला पानी उपभोक्ता समूह (आक्वार) जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको सहकारीका अध्यक्ष रुमलाल कँडेलले बताउनुभयो । आलुको पकेट क्षेत्र मानिएको जिमुहामा निर्माण भएको शीतभण्डारमा रहेको १३० टन आलुको बीउ र राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट २० टन गरी झण्डै १५० टन आलुको बीउ सामूहिकरुपमा लगाइएको सहकारीका अध्यक्ष कँडेलले बताउनुभयो ।

बाँझो जग्गामा सामूहिक आलु खेती

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् ।