काठमाडौँ : पटक-पटक राजनीतिक लाभको पदमा रहिसकेका नेताहरू संसद् छिर्ने जस्केलो बन्द गर्ने गरी तयार भएको निर्वाचन कानुन संशोधन विधेयकको मस्यौदा गृह मन्त्रालयमा थन्किएको छ। निर्वाचन आयोगले तयार पारेको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक’को मस्यौदा ६ महिनादेखि गृहबाट अगाडि बढ्न सकेको छैन। निर्वाचन आयोगले नेपालको संविधान, सर्वोच्च अदालतको आदेश, विगतका निर्वाचनको समीक्षाका क्रममा आएका विभिन्न सुझाव, पर्यवेक्षकबाट आएका सुझाव र अन्तरराष्ट्रिय राम्रा अभ्यासहर