बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको ६० प्रतिशत पैसा आर्थिक वर्षभित्रै खर्च गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले अब राष्ट्र बैंकले तोकेको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको कोषको पैसा आर्थिक वर्ष भित्र नै ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सोमबार ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०७८’ को मस्यौदा जारी गर्दै ऐनमा नै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएको हो । राष्ट्र बैंकद्धारा जारी मस्यौंदा अनुसार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त बैंक

सम्बन्धित सामग्री

बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्नुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैंकले बैंकको सिडि रेसियोमा छुट्टै स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले राष्ट्र बैंकले बैंकको सिडि रेसियामा उत्पादन क्षेत्रको लागि […]

सहकारीले पैसा नदिएपछि बजार प्रतिनिधिको घरकोठा चहार्दै बचतकर्ता

काठमाडौं । देशको आर्थिक अवस्था अझै सुध्रिसकेको छैन । जसले बैंक तथा वित्तीय संस्था एवं सहकारीहरुमा तरलताको अभाव कायमै छ । तरलता अभाव भन्दै सहकारीले पैसा नदिएपछि अहिले बचतकर्ताहरु समस्यामा परेका छन् । सहकारीले भनेका वेला आफ्नो बचतको रकम नदिएपछि बचतकर्ताहरु आफ्नो पैसा बुझेर लाने बजार प्रतिनिधिहरुको घरकोठा चहार्न थालेका छन् । सहकारीले रकम नदिएकैले […]

८ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न पुग्ने पैसा नै छैन : भुवन दाहाल

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले ८ प्रतिशतको आर्थिक वृद्धि गर्नको लागि आवश्यक पर्ने पैसा प्रणाली मै नभएको बताएका छन् । आगामी मौद्रिक नीति विषयक अन्तरक्रिया कार्यक्रममा दाहालले आगामी आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको तर त्यसको लागि स्रोत भने नभएको बताएका हुन् ।उनले ८ प्रतिशत आर्थिक वृद्धि हँसिल गर्न कम्तिमा २० देखि २५ प्रतिशत कर्जा प्रवाह बढ्नु पर्ने तर त्यसको लागि स्रोत नै नभएकोले आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न कठिन हुने बताए । उनले भने ' म अर्थ मन्त्रालयलाई शुभकामना दिन चाहन्छु यो लक्ष्य पुरा होस् भनेर, तर स्रोतको अभाव छ'। उनले बैंक तथा वित्तीय संस्था मर्ज हुँदा ठूला र राम्रा भएका छन् कि छैनन् भन्ने अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उनले बन्खारू मर्जपछि ठूला मात्र भए कि राम्रा पनि भए अध्ययन गर्न सुझाव दिएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै नै घटिसकेकोले अब मर्जमा धेरै दबाब दिन नहुने बताएका छन् । उनले निश्चित मापदण्ड तोकेर सो पुरा हुन नसक्ने अवस्थामा मात्र बैंकहरु मर्जमा जानु पर्ने ब्यबस्था गर्नु ठिक हुने बताए । तर राष्ट्र बैंकको सबै नियमकीय ब्यबस्था पालना भएको छ भने सानै बैंक पनि रहनु पर्ने बताए ।त्यस्तै उनले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पनि सुझाव दिएका छन् । यदि बैंकले नै सबै तिर हात हाल्ने होइन भन्ने लाग्छ भने त्यसको लागि शेयरधनीको स्वामित्व फरक फरक राख्न उनले सुझाव दिएका छन् । बैंकहरु गाउँ गाउँमा पुगेको अवस्थामा त्यसको लाभ लिनु पर्न  उनको भनाई छ।

बैंकहरूले किन बुझ्दैनन् ‘वित्तीय संघीयता’ ?

जनबोलीको भाषामा पैसाको कारोबार गर्ने संस्था नै बैंक तथा वित्तीय संस्था हुन् । यी संस्थाहरूले बचतकर्ता र बचतको प्रयोगकर्ता बीच मध्यस्थताको काम गर्दछन् । त्यसैले बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । यी संस्थाहरूले संघसंस्था, सर्वसाधारण तथा सरकारबाट बचतको रूपमा पैसा संकलन गर्दछन् र त्यो संकलित पूँजीलाई अर्थतन्त्रका विभिन्न क्षेत्रहरू जस्तैः व्यापार-व्यवसाय, निर्माण, […]

नेपालका बैंक छैनन् दृष्टिविहीनमैत्री

काठमाडौं। नेपाल नेत्रविहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले नेपालका बैंक तथा वित्तीय संस्था दृष्टिविहीनमैत्री नभएको बताएका छन्। उनले ती बैंकले दिने सेवा/सुविधाबाट दृष्टिविहीनहरु पहुँच बाहिर रहेको शर्माले बताए। उनले भने, “ऋण दिन,पैसा राख्न/झिक्न, एटीएम चलाउन र मोबाइल वालेट चलाउन पनि सकिएको छैन।” यसैगरी, बैंकहरुको भौतिक संरचना पनि दृष्टिविहीनमैत्री नभएको उनले बताए।

नेपालका बैंक छैनन् दृष्टिविहीनमैत्री

काठमाडौं। नेपाल नेत्रविहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले नेपालका बैंक तथा वित्तीय संस्था दृष्टिविहीनमैत्री नभएको बताएका छन्। उनले ती बैंकले दिने सेवा/सुविधाबाट दृष्टिविहीनहरु पहुँच बाहिर रहेको शर्माले बताए। उनले भने, “ऋण दिन,पैसा राख्न/झिक्न, एटीएम चलाउन र मोबाइल वालेट चलाउन पनि सकिएको छैन।” यसैगरी, बैंकहरुको भौतिक संरचना पनि दृष्टिविहीनमैत्री नभएको उनले बताए।

पैसा बचाउनु नै कमाउनु हो

कुनै वस्तुलाई भविष्यका निम्ति भनेर बचाएर राख्ने कार्यलाई बचत भनिन्छ । बचतको मर्म भने प्रयोग भइसकेको शेषभाग वा बचेखुचेको अंश बचाउनु नभई प्रयोग गर्नुभन्दा अगाडि नै केही भाग छुट्याउनु वा राख्नु हो । खर्चपछि बचेको पैसालाई अंग्रेजीमा सरप्लस एमाउन्ट पनि भनिएकाले अर्थशास्त्रका कतिपय अध्येताहरू प्रयोग भएर बाँकी रहेको अंश बचत हो भन्छन्, तर यसबाट बच्न सक्ने कुरा अनिश्चित हुने भएकाले र त्यस्तो अवस्थामा भविष्यको कुनै आवश्यकता पूरा गर्नका लागि योजना गर्ने नसकिने भएकाले यसलाई वास्तविक बचत भन्न सकिँदैन । भविष्यको वित्तीय आवश्यकता पूरा गर्ने विषयसँग सम्बद्ध भएकाले योजनाबद्ध रूपमा पहिले नै छुट्याएर राखिएको अंशलाई नै वास्तविक बचत भनिन्छ । बचत नगद र जिन्सी दुवै हुन्छ, तथापि हिजोआज बचत भन्नाले मुख्यरूपमा मौद्रिक सम्पत्ति वा पैसाको बचत भन्ने बुझिन्छ । त्यसबाहेक आवश्यक परेका बेला नगदमा परिणत गर्न सकिने गरी सुन चाँदी आदि किन्नु पनि एक किसिमको बचत नै हो । बचत गरेको पैसालाई बैंक तथा वित्तीय संस्थामा चलनचल्तीमा भएका विभिन्न खाताहरूमा जम्मा गर्न र आवश्यक परेकोबखत नियमअनुसार झिकेर प्रयोग गर्न सकिन्छ । बचतको आवश्यकता अहिले गरिएको सानो रकमको बचतले भविष्यको ठूलो आवश्यकतालाई पूरा गर्न सक्छ । बचतले ब्याज कमाउन सक्ने भएकाले सम्पत्ति पनि बढ्दै जान्छ । चक्रवृद्धिदरमा ब्याज प्राप्त हुँदा बचत नपत्याउँदो हिसाबले धेरै बढ्छ । हरेक दिन १५ रुपैयाँलाई १० प्रतिशत ब्याज आउने गरी जम्मा गर्ने हो भने ३५ वर्षमा १२ लाख ९८ हजार ८८४ रुपैयाँ हुन्छ । सामान्य हिसाबमा दैनिक १५ रुपैयाँ जम्मा गर्दा १ महीनामा ४५० र १ वर्षमा ५४०० हुन्छ । यस हिसाबमा ३५ वर्षको कुल १ लाख ८९ हजार मात्र जम्मा हुन्छ, तर त्यसमा आउने चक्रवृद्धि ब्याजको हिसाबले ३५ वर्षमा आफूले जम्मा गरेको भन्दा ११ लाख ९ हजार ८८४ रुपैयाँ बढी पैसा अर्थात् कुल १२ लाख ९८ हजार ८८४ हुन्छ । कुनै व्यक्तिले २० वर्षको उमेरबाट दैनिक १५ रुपैयाँ मात्र पनि जम्मा गर्ने हो भने ऊ ५५ वर्षको हुँदा करीब १३ लाख प्राप्त गर्न सक्छ । हामीले हाम्रा बालबालिकाको नाममा सानैदेखि कुनै निश्चित रकम बचतमा राखिदिने हो भने केही समयपछि त्यही बचत नै उनीहरूको लागि ठूलो उपहार हुन सक्छ र त्यसले उनीहरूको जीवनमा ठूलो काम गर्न सक्छ । बचतले भविष्यको सोच गर्ने र खर्च गर्दा विचार गर्ने बानीको विकास गर्छ । बुढ्यौलीको बेला अर्थात् अवकास जीवनका लागि अहिले जम्मा गरेको बचतले ठूलो योगदान पुर्‍याउँछ । बचत सम्पन्नता प्राप्तिको आधार हो । बचतले जीवनका आवश्यकताहरू पूरा गर्न र भविष्यलाई सुखी तथा सम्पन्न बनाउन ठूलो योगदान दिन्छ । बचत जुनसुकै उमेर अवस्थाका मानिसका लागि पनि आवश्यक छ । अझ बालबालिकालाई सानै अवस्थादेखि बचत गर्न सिकाउने बानीले उनीहरूमा खर्च कम गर्ने, खर्च गर्नुभन्दा पहिले विचार गर्ने, भविष्यको सोच गर्नेजस्ता राम्रा बानीहरूको विकास हुन्छ र उनीहरूले आफ्नो उमेरसँगै बढ्दै जाने पैसाको आवश्यकतालाई सजिलै पूरा गर्न सक्छन् । अहिले बालबालिकाहरूको बर्थ डे मनाउने चलन धेरै बढेको छ । त्यसलाई ठिक्क र मर्यादित रूपमा मनाई केही पैसा उनीहरूको नाममा जम्मा गरिदिने बानी गर्नु बर्थ डे को अनावश्यक तडकभडकको नियन्त्रण र बचतको बानी विकास दुवैको हिसाबले उत्तम तरीका हो । बचतको अभ्यास पैसा नै नभए पनि अन्न–अनाजलाई थोरै थोरै गरी जम्मा गर्ने र अलि धेरै भएपछि दानपुण्य वा अन्य सामाजिक काममा लगाउने कुरा हामीले परम्परादेखि नै सिक्दै आएका हौं । मुष्ठीदान यसको राम्रो उदाहरण हो । अहिले विभिन्न बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक संस्थाले समुदायस्तरसम्म पुगेर बचतसम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेका पनि छन् । नियमित बचतको अभ्यासले गरीबी निवारण, पारिवारिक जीवनस्तर अभिवृद्धि तथा सम्पत्ति निर्माणमा ठूलो सहयोग पुर्‍याएको छ । सामान्यतथा पारिवारिक आम्दानीको चारभागको एकभाग बचत गर्ने हो भने भविष्यका आवश्यकताहरू पूरा गर्न सकिन्छ । त्यति नसके पनि आम्दानीको कम्तीमा १० प्रतिशतचाहिँ अनिवार्य बचत गर्नुपर्छ जसले व्यावसायिक लगानीमा सघाउन, भविष्यमा आइपर्ने आर्थिक आवश्यकताहरूलाई व्यवस्थापन गर्न, बुढ्यौली अवस्थामा आवश्यक पर्ने खर्चहरू चलाउन धेरै सहयोग गर्छ । यसैले बचत गर्न वा बढाउन कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । बचत गर्ने बानीले खर्च नियन्त्रण गर्न र खर्चमा अनुशासन कायम गर्न सिकाउँछ । हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएको देशमा बचतको महत्त्व बुझेर र चाहना भएर पनि नियमित आम्दानीको स्रोत नभएका र दैनिक ज्यालादारीमा परिवार धान्नुपर्ने मानिसहरूलाई बचतको लागि पैसा छुट्याउन समस्या नै छ, तथापि बचत गर्ने कुरालाई अभावले भन्दा पनि स्वभाव (व्यवहार)ले धेरै प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छ । परिवारमा हुने कतिपय अनावश्यक खर्चहरूलाई घटाउने वा पूरै बन्द गर्ने हो भने अवश्य पनि धेरै बचत गर्न सकिन्छ । त्यसको लागि बचतप्रति विश्वास र बलियो अठोट चाहिन्छ । कम आम्दानी भएर पनि धेरै बचत गरेका र धेरै आम्दानी भएर पनि कम बचत गरेका र गर्दै नगरेका उदाहरणहरू समेत हाम्रै वरिपरि प्रशस्तै पाइन्छन् । नियमित र सामान्यतया राम्रो आम्दानी भएका मानिसहरूले पनि बचतलाई त्यत्ति महत्व नदिएको ,अनावश्यक चाहनाहरूमा धेरै खर्च गरेको देखिन्छ । यो उपभोगवादी प्रवृत्ति हो र भविष्य जेसुकै होस् अहिल्यै खर्च गर रमाऊ भन्ने अल्पकालीन सोच हो । यस्तो सोचले कसैले पनि सुखी र सम्पन्न भविष्यको लक्ष्य प्राप्त गर्न सक्दैन । सबै मानिसले बचतको महइत्त्वलाई बुझेर सकेसम्म धेरै बचत गर्नु र उपभोगको मात्रभन्दा बचतको संस्कार विकास गर्नु अति आवश्यक छ । पैसा बचाउनु नै पैसा कमाउनु हो, त्यसैले बालबालिका सहित परिवारका सबै सदस्यले सकेसम्म धेरै र नियमित रूपमा बचत गर्ने बानीको विकास गरौं र आफ्नो सुखी र सम्पन्न भविष्य निर्माणको बाटो लागाैं । लेखक वित्तीय साक्षरता अभियानमा संलग्न व्यक्ति हुन् ।