बैंकमा ६० खर्ब नाघ्यो निक्षेप : थप ६ अर्ब कर्जा विस्तारको क्षमता

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूसँग अहिले करीब ६ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्ने क्षमता रहेको छ । विप्रेषण आप्रवाह र आर्थिक गतिविधिमा देखिएको वृद्धिसँगै निक्षेप बढेपछि बैंकहरूमा अधिक तरलता देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरूको कुल निक्षेप ६० खर्ब रुपैयाँ नाघेको छ । तर, निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार नहुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भने घटेको छ । गत बिहीवारसम्ममा बैंक, वित्तीय संस्थाले ६० खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षमा बैंकहरूमा २ खर्ब ३२ अर्ब निक्षेप थपिँदा कर्जा भने १ खर्ब १४ अर्ब रुपैयाँले मात्र बढेको छ ।  निक्षेप बढेपछि बैंकहरूको सीडी रेसियो पनि ८० दशमलव ३६ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान अनुसार अहिले ५ खर्ब ७८ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव ४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । यसैगरी यस अवधिमा अवधिमा भ्रमण आय पनि ४७ दशमलव २ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । सरकारको खर्च पनि वृद्धि हुँदा बैंकको निक्षेप वृद्धिमा सकारात्मक प्रभाव देखिएको हो ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा प्रवाह बढाउन नीतिगत दरहरू घटाइसकेको छ । चालू आवमा कर्जा प्रवाह ११ दशमलव ५ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरिएकोमा २०८० असोज मसान्तमा ४ दशमलव ८ प्रतिशतले मात्र वृद्धि भएको छ । निक्षेपको वृद्धि सन्तोषजनक रहनुका साथै ब्याजदर घट्दो क्रममा रहेकाले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कर्जा विस्तारमा सुधार हुने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ । राष्ट्र बैंकले नीतिगत दरहरू घटाएसँगै बैंक, वित्तीय संस्थाहरूले पनि निक्षेपको ब्याजदर घटाउँदै कर्जा बढाउन जोड दिएका छन् । अधिक तरलता भएपछि अन्तरबैंकलगायत अल्पकालीन ब्याजदर पनि न्यून विन्दुमा झरेका छन् । बिहीवार अन्तरबैंक कारोबारको ब्याजदर २ दशमलव ६२ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले मङ्सिर पहिलो सातादेखि नै निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । आइतवारसम्म राष्ट्र बैंकले १० पटक निक्षेप संकलन उपकरण जारी गर्दै बजारबाट १ खर्ब ३७ अर्ब २५ करोड उठाइसकेको छ । त्यसमध्ये ७५ अर्ब भने परिपक्व भई पुन: बजारमा फिर्ता भइसकेको छ ।  आइतवार १० अर्ब रुपैयाँ निक्षेप संकलनको आवेदन खुला गरेकोमा बैंकहरूले २८ अर्बका लागि बोलकबोल गरेका थिए । त्यसमा न्यूनतम २ दशमलव २२ र अधिकतम २ दशमलव ८८ प्रतिशत ब्याजदर बोलकबोल भएको थियो । यसअघि बैंकहरूले १ प्रतिशतभन्दा कममा निक्षेप दिन बोलकबोल गरेका थिए ।

सम्बन्धित सामग्री

बैंकमा निक्षेप ५८ खर्ब नाघ्यो

काठमाडौं। बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब रुपैयाँ नाघेको छ । रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा भएको निरन्तर वृद्धि र सरकारले स्थानीय तहको सञ्चित रकमबाट निक्षेप गणना गर्न पाउने सुविधा दिएसँगै बैंकहरूको निक्षेप उच्च बिन्दुमा पुगेको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत आइतवारसम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो दिनको तुलनामा एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । शनिवार वित्तीय प्रणालीमा ५७ खर्ब ९२ अर्ब निक्षेप थियो ।  गत आर्थिक वर्ष (आव) सम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ थियो । सरकारले स्थानीय तहको सञ्चित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा कटौती गर्दै ५० प्रतिशतमा झारेपछि चालू आवको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तर, बैंकरसँगको छलफलपछि भदौ दोस्रो साता अर्थमन्त्री डा. प्रकाशशरण महतले पुन: स्थानीय तहको सञ्चित कोषको रकममध्ये ६० प्रतिशत बैंकहरूले निक्षेपमा गणना गर्न पाउने सुविधा दिए । यसैगरी विप्रेषण आप्रवाह उच्च भएपछि बैंकमा निक्षेप बढिरहेको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत आइतवारसम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ छ । निक्षेप बढे पनि बैंकहरूको कर्जा प्रवाह भने सुस्त छ । अर्थमन्त्रीले आर्थिक गतिविधि चलायमान बनाउन ऋण प्रवाह बढाउने उद्देश्यले निक्षेप गणनाको सुविधा दिएका थिए । आइतवारसम्ममा बैंक, वित्तीय संस्थाले कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आवको अन्तिममा ४८ खर्ब ७९ अर्ब रहेको कुल कर्जा लगानी साढे २ महीनामा ५३ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।  निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । शनिवार ८२ दशमलव २१ प्रतिशत रहेको सीडी रेसियो आइतवार ८२ दशमलव शून्य ५ प्रतिशतमा झरेको छ । यसैगरी तरलता उच्च हुँदा अन्तरबैंक कारोबारको औसत ब्याजदर पनि २ दशमलव ५२ प्रतिशतमा झरेको छ ।  बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी लगानी गर्न पाउने व्यवस्था छ । यो प्रावधानअनुसार बैंकहरूसँग यतिबेला ४ खर्ब ६१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मेगा बैंक १३औँ वर्षमा प्रवेश, कुल निक्षेप डेढ खर्ब नाघ्यो

मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । हाल चुक्ता पुँजीका हिसाबले सातौँ स्थानमा रहेको मेगा तत्कालीन समयमा २८औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको थियो ।बैंकले गत असार मसान्तसम्ममा कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब संकलन गरेको छ । त्यस्तै कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको […]