खुम्चिँदै महँगी वृद्धिदर  : २०७९ भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको महँगी वृद्धिदर गत मङ्सिरमा ४ दशमलव ९५ प्रतिशतमा खुम्चिएको छ

काठमाडौं । विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको प्रभावले बढेको महँगीबाट उपभोक्ताले विस्तारै राहत पाउन थालेका छन् । अर्थतन्त्रको आन्तरिक तथा बाह्य अवस्थामा आएको सुधारसँगै महँगी वृद्धिको चाप कम हुँदै गएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनले औंल्याएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत मङ्सिरमा उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव ९५ प्रतिशत कायम भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटाएको तथा कात्तिकको तुलनामा मङ्सिरमा तरकारी, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्यमा कमी आएकाले मूल्य वृद्धिदरको चाप कम भएको राष्ट्र बैंकले बताएको छ ।  कोभिड–१९ महामारीले प्रभावित विश्व अर्थतन्त्रमा रूस–युक्रेन तनावले आपूर्ति शृंखला बिग्रँदा नेपालमा पनि महँगी वृद्धिदर उच्च थियो । राष्ट्र बैंकले समेत कसिलो मौद्रिक नीति जारी गरी ब्याजदर बढाउँदा महँगीदर उच्च विन्दुमा पुगेको थियो ।  पछिल्लो समय अर्थतन्त्रको आन्तरिक तथा बाह्य अवस्थाका सूचकहरूमा सुधारसँगै महँगी वृद्धिदरमा पनि संकुचन आएको हो । २०७८ असोजमा ४ दशमलव २४ प्रतिशतमा रहेको उपभोक्ता मूल्य वृद्धिदर २०७९  भदौमा ८ दशमलव ६४ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि क्रमश: घटिरहेको मूल्य वृद्धिदर मङ्सिरमा न्यून बिन्दुमा झरेको हो ।  राष्ट्र बैंकका अनुसार मङ्सिरमा घिउ तथा तेल, तरकारी र मासु तथा माछाको मूल्य घटेको छ भने फलफूल, दुग्ध पदार्थ, अण्डा, दाल तथा गेडागुडीको मूल्य बढेको छ । मङ्सिरमा काठमाडौं उपत्यका र पहाडमा महँगीदर ५ दशमलव ४२ प्रतिशत कायम भएको छ । यस्तै तराईमा ४ दशमलव २६ र हिमालमा ७ दशमलव ४६ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  पाँच महीनामा ६१३ अर्ब विप्रेषण चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै उत्साहजन रूपमा बढिरहेको विप्रेषण आप्रवाह मङ्सिरमा पनि बढेको छ । मङ्सिरसम्ममा विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।  मङ्सिरसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि २४ दशमलव ५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव १ प्रतिशतले बढेको थियो । विप्रेषण बढाउन सरकार र राष्ट्र बैंकले प्रोत्साहनको नीति लिँदै आएका छन् । औपचारिक च्यानलबाट विप्रेषण पठाउनेलाई साधारण शेयरमा आरक्षण दिइएको छ । बैंकमा रकम जम्मा गर्दा १ प्रतिशत बिन्दुले थप ब्याज दिने व्यवस्था गरिएको छ ।  शोधनान्तर बचत २ खर्ब नाघ्यो विप्रेषण आप्रवाहमा वृद्धि र आयातमा कमी आउँदा शोधनान्तर बचत २ खर्ब नाघेको छ । मङ्सिरमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको मङ्सिरमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालू वर्षमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ । यसैगरी गत आवको मङ्सिरमा ४१ अर्ब २१ करोडले रुपैयाँ घाटामा रहेको चालू खाता यस वर्ष १ खर्ब ४० अर्ब २३ करोडले बचतमा छ । २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेर मङ्सिरमा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा मङ्सिर मसान्तमा १३ दशमलव ६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड पुगेको छ । आव २०८०/८१ को ५ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव १ महीनाको वस्तु आयात र ११ दशमलव ८ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । ब्याजदर घट्दै, कर्जा–निक्षेप बढ्दै अर्थतन्त्र शिथिल हुँदा सुस्ताएको बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह मङ्सिरमा बढेको छ । यसैगरी ब्याजदर पनि घटिरहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । चालू आवको कात्तिकसम्ममा बैंकहरूको निक्षेप ४ दशमलव ६ प्रतिशत र कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो आवको यसै अवधिसम्ममा निक्षेप २ दशमलव २ र कर्जा १ दशमलव ६ प्रतिशतले बढेको थियो । यसैगरी मङ्सिरमा बैंक, वित्तीय संस्थामा निक्षेपको ब्याजदरका साथै आधारदर र कर्जाको ब्याजदरका घट्ने क्रम जारी रहेको राष्ट्र बैंकले औंल्याएको छ । 

सम्बन्धित सामग्री

वैदेशिक व्यापारमा २८ अर्बले संकुचन

मुलुकको वैदेशिक व्यापार करिब २८ अर्ब रूपैयाँले खुम्चिएको छ। मुलुकमा आर्थिक गतिविधि सुस्त भएको र आयातनिर्यातमा गिरावट आएपछि वैदेशिक व्यापार खुम्चिएको हो।...

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

१४ साउन, बेलबारी । मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर, खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ । अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् । प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन् । राज्यको बढी लगानी पनि काठमाडौँ […]

अर्थतन्त्रको विस्तार र लगानी खुम्चियो

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण अर्थतन्त्रको विस्तार र लगानी खुम्चिएको छ।

नेपालको सुखद सुरुआत गर्ने लक्ष्य

पाँच पटकको सहभागितामा चार पटक उपविजेतामा खुम्चिएको नेपाललाई यस पटक घरेलु मैदानको फाइदा हुनेछ।

सार्वजनिक ऋण वृद्धि दर खुम्चियो सामाजिक क्षेत्र विकासमा असफल

अघिल्ला चार वर्षदेखि चुलिँदै आएको मुलुकको सार्वजनिक ऋणको वृद्धिदर यो वर्ष केही खुम्चिएको छ।

सेयर कारोबार १ अर्बमुनि खुम्चियो ,१ अर्ब ३० करोडको कारोबार

काठमाडौँ । आज (शुक्रबार) सेयर कारोबार १ अर्बमुनि खुम्चिएको छ । शुक्रबार बन्द हुने गरेको बजार सरकारले आइतबार पनि बिदा दिने घोषणा गरेपछि पहिलो पटक खुलेको हो । आइतबारको बिदाले कारोबार हुने दिन नघटाउनका लागि सोमबारदेखि शुक्रबारसम्म बजार खुल्ला हुन थालेको हो । शुक्रबार कारोबार रकम ९३ करोड २२ लाखमा खुम्चिएको छ । बिहीबार १ […]

खोटाङ्गमा काँग्रेस फैलियो, एमाले खुम्चियो

स्थानीय तह निर्वाचन परिणाम अनुसार खोटाङ्गमा नेकपा एमाले खुम्चिएको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणामको तुलनामा स्थानीय तह निर्वाचन २०७९ मा एमाले खुम्चिएको हो ।२०७४ मा ५ वटा स्थानीय तहको प्रमुख जितेको एमाले अहिले दुई वटा तहमा खुम्चिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये नेपाली काँग्रेसले ६ र माओवादी केन्द्रले २ स्थानीय तहमा जितेको छ । नेकपा माओवादी केन्द्र २०७४ को निर्वाचनमा एक सीटमा सीमित थियो ।नेकपा एमालेले २०७४ मा केपिलासगढी गाउँपालिका, खोटेहाङ, जन्तेढुंगा, दिक्तेल, रावा बेसी गाउँपालिका र रुप

२८ सय नाघ्यो नेप्से , ७ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्सेले २८ सय अङ्क नाघेको छ । ४९.१९ अङ्कले बढेसँगै परिसूचक २८३४ अङ्कमा पुगेको हो । परिसूचक बढ्दा कारोबार रकम भने केही खुम्चिएको छ । सोमबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७२ करोडमा खुम्चिएको छ । कुल १७० कम्पनीको मूल्य बढ्यो भने १९ कम्पनीको […]

३२ अंकले घट्दा ३ अर्बमा खुम्चियो शेयर कारोबार

शेयर बजारमा अपेक्षाकृत वृद्धि हुन नसकेपछि कारोबार रकम पनि खुम्चिएको छ । २०/२१ अर्बसम्मको कारोबार भएको शेयर बजार बिहीबार ३ अर्ब ७० करोडमा खुम्चिएको हो । अघिल्लो दिन केही वृद्धि भएको शेयर बजार बिहीवार पुन: घट्दा नेप्से २६ सय ३३ बिन्दुमा कायम भएको छ । बिहीवार ३२ दशमलव ५२ अंकको गिरावट भएको छ ।

सेयर बजारका सबै समूह रातो, कारोबार रकम ४५ प्रतिशतले घट्यो

यस दिन कारोबार रकममा भने ठूलो गिरावट आएको छ। हिजोको तुलनामा ४५ प्रतिशतले कारोबार रकम खुम्चिएको छ।