एक समय थियो जब बेलायतमा भारतीय मूलका मानिसहरूले विभिन्न प्रकारका भेदभावको सामना गर्नुपर्थ्यो । त्यो समुदायका कोही व्यक्ति एक दिन देशको प्रधानमन्त्री बन्लान् भन्ने कल्पना पनि गरिँदैनथ्यो । विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा ७५ वर्षका भए र उनी ५५ वर्षअघि पञ्जाबबाट लण्डन आएका थिए । आफ्नो प्रारम्भिक दिनमा भएको भेदभावको सन्दर्भमा वीरेन्द्र शर्माले बीबीसी हिन्दीलाई भने ‘सन् १९६० को दशकमा घरका बाहिरी भागमा ‘भाडामा उपलब्ध छ तर एसियाली र अश्वेतहरूलाई होइन’ लेखिएको पाइन्थ्य