कुहिने र नकुहिने फोहोर नछुट्याए आजदेखि जरिवाना तिर्नुपर्ने

काठमाडौँ – काठमाडौँ महानगरमा आजदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ । सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । नकुहिने तर पुनः प्रयोगमा […]

सम्बन्धित सामग्री

काठमाडौँमा कुहिने र नकुहिने फोहोर नछुट्याए हरेक पटक ५०० जरिवाना

साउन १ गतेदेखि काठमाडौँ महानगरवासीले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने भएको छ । काठमाडौँ महानगरको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै दोहोरलाई कुहिने र नकुहिनेमा बर्गिकरण गर्नु पर्ने र बर्गिकरण नगरे प्रत्येक पटक ५०० जरिवाना हुने जनाएको छ ।  स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने सूचनामा उल्लेख छ ।सूचनामा भनिएको छ 'काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार २०७९ साल साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्नुहुन सम्पूर्ण महानगरवासीलाई विनम्र अनुरोध छ । उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराइन्छ । यसरी स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुह