अभिव्यक्तिको मौलिक शैली र शब्द छनोट पनि अत्यन्त रोचक लाग्यो मलाई । ’मेरो गणितले अलि धर्म छोडेकाले,’ ’समय घोडालाई पछाडि दौडाएर छोरीभन्दा कान्छी हुने लालच ममा उम्रियो,’ ’मेरो मनाले गुलिया लड्डू खान्छ,’ – यसप्रकारको शैली भनुँ वा अभिव्यक्ति भनुँ, ले गर्दा पढ्नमा अत्यन्त आनन्द आयो। कतैकतै तिनै उपमाहरूले बडा मिठो हास्यरस पनि थपेको देखें। “तिम्रो बुहारीको सिङ पनि छ ?’ लाटोबुङ्गोको कथा याद आयो,’ ’दाँत नभएको मान्छेको हातमा उखुको टुक्रा जस्तो,’ ’माइजूका दाजुको साला जत्तिको नातेदार पनि नभएपछि’ जस्ता वाक्यहरूले पढ्दापढ्दै एकछिन रोकिएर हाँस्न बाध्य गराए।