मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष्यमा आज यहाँ आयोजित समारोहमा मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानीयाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवश मनाइरहेका स्मरण गर