चीनलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ चीपहरु बिक्री गर्ने विषयमा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने आशंकाबीच अमेरिकी चीप निर्माता कम्पनी एनभिडिया र एएमडीको सेयर मूल्य खस्केको छ । यस्ता चीपहरु चीन र रुसले सैन्य क्षेत्रमा प्रयोग गर्ने अमेरिकाको आशङ्का रहेको छ ।नयाँ प्रतिबन्धले दुई कम्पनीको लाखौँ डलरको आम्दानीमा असर पर्ने आशङ्का छ । लगत्तै न्युयोर्कमा दुवै चीप निर्माता कम्पनीको मूल्य घटेको थियो । एनभिडियाको सेयर मूल्य ६.६ प्रतिशतले घट्यो भने एएमडीको सेयर मूल्य ३.७ प्रतिशतले घटेको थियो ।&n