हिमपातका कारण मङ्गलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए । नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ । हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीे नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौँ, […]