नेपालले अमेरिका र रुससम्म हवाई उडान गर्ने तयारी गरेको छ । ‘कनेक्टिभिटी’ विना विकासको गति सहज नहुने भन्दै सरकारले अमेरिका र रुससहितका देशसँगको सिधा हवाई सम्पर्क कायम गर्न खोजेको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विभिन्न देशसँगको ‘कनेक्टिभीटीको लागि सरकारले पहल गरिरहेको जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।उनले कनेक्