२२ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का ‘सेटिङ’मा लगाउन खोजेपछि प्रदेश योजना आयोगमै प्रश्न उठेको छ । विवादित ठेक्का प्रक्रियाबारे प्रदेश योजना आयोगमा प्रश्न उठेपनि प्रश्नकर्ता छल्दै बहुमतको बलले निर्णय भएको छ । लुम्बिनी प्रदेश सरकारले साढे ६ अर्ब रुपैयाँ लागतमा बनाउन लागेको भवनमा ठेक्कामा ठेकदार छानेपछि फर्जी प्रतिस्पर्धाका […]
२ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नयाँ भवनको ठेक्का आह्वान गर्दा भएको मिलेमतोबारे जाँचबुझ गर्न बनेको छानबिन कार्यदलले मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने गरी प्रतिवेदन दिएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकले ठेक्काका निर्णयकर्ताहरु राखेर बनाएको छानबिन कार्यदलले मुख्यमन्त्री र आफूहरुलाई झुक्याएर कीर्ते गरी ठेक्का सम्बन्धी निर्णय भएको दावीसहितको प्रतिवेदन […]
एउटा मात्रै कम्पनीलाई मिल्ने योग्यता तोकेर मिलोमतोमा आह्वान भएको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय र आवास निर्माणका लागि भएको ठेक्का रद्द भएको छ । करिब ६५ करोडको ठेक्कामा प्रतिस्पर्धा खुम्चिने अवस्था देखिएको ठहर गर्दै टेन्डर रद्द गरिएको हो ।
बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि भएको ठेक्का सम्झौतामा मिलेमतो नभएको दाबी गरेको छ । अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बुधबार विज्ञप्ति जारी गर्दै आफूले कुनै प्रभाव वा दबाब सिर्जना...
२८ पुस, काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का कुनै सेटिङको आधारमा नपाएको दावी गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको ठेक्का कुनै प्रभाव र दबावमा पाएको होइन भन्ने कुरा सम्झौाको भाषाले नै स्पष्ट हुने बताए । ‘बतास अर्गनाइजेशनले कुनै प्रकारको […]
२३ असार, काठमाडौं । झापाको दमक नगरपालिका–३ मा बन्न लागेको मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि विवादकै बीच ठेक्का लाग्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदले गत वैशाख १९ गते आह्वान गरेको ठेक्कामा प्रतिस्पर्धा हुन नदिई सेटिङ गरिएको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् । प्रतिस्पर्धा सीमित गर्न एउटा मात्रै कम्पनीको योग्यता मिल्ने गरी बोलपत्र आह्वान […]
दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।