प्रतिनिधि सभा पुन:स्थापनापछि नेपालको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने चित्र प्रस्ट भइसकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भावी सरकारको खाका प्रस्ट नभई राजीनामा नदिने उनका विश्वास पात्रहरूले बताइसकेका छन् भने नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको रणनीति पनि प्रस्ट देखिएको छैन ।
यद्यपि यसबीचमा प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरे ।
साथै मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूसँग पनि बिहीवार भेटेर प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका थिए ।&nbs...