मेलम्चीका दाता : जसले बजार बसाउन १७ रोपनी जग्गा दान गरे उनैलाई बाढीले कोठा खोज्ने बनायो !

मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित मेलम्ची बजार पुग्दा ४२ वर्षीय श्यामबहादुर खड्का निकै चिन्तित अवस्थामा भेटिए । १ रोपनी जग्गामा १० कोठासहितको साढे २ तल्ले घर बाढीले क्षतिग्रस्त बनाउनु मात्र उनको चिन्ताको विषय थिएन, उनी त सिंगो बजार ध्वस्त भएकोमा अझ बढी चिन्तित थिए । त्यहाँ मेलम्ची बजार बसाउनमा उनको निकै ठूलो भूमिका रहेछ । बजार बसाउनका लागि उनले शुरूमा धेरै जग्गा निशुल्क उपलब्ध गराएका रहेछन् । पछि कतिपयलाई सस्तो दाममा जग्गा उपलब्ध गराएर बजार बसाएको उनको दाबी दियो । हामी मेलम्ची बजार पुग्दा उनी मेलम्ची नगरपालिकाको...

सम्बन्धित सामग्री

विद्यालयलाई दिएपछि स्थानियले गरे भव्य सम्मान

सर्लाही । सर्लाहीका जगरनाथ साह र राजकुमारी साहले गोडैता नगरपालिकामा रहेको सामुदायिक विद्यालयलाई जग्गा दान दिएका छन् । जग्गा दान दिएपछि उनीहरुलाई स्थानियहरुले भव्य स्वागत गरेका छन् । मंगलवार एक कार्यक्रममको आयोजना गरी जग्गा दाता जगरनाथ र राजकुमारी साहलाई स्थायिनहरुले सम्मान गरेका हुन् । केहि दिन पहिला अघि उनीहरुले ८४ लाख मुल्य पर्ने ८ कठ्ठा […] The post विद्यालयलाई दिएपछि स्थानियले गरे भव्य सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सल्यानमा अस्पताल निर्माणका लागि १८ रोपनी जग्गा निःशुल्क दान

बनगाड कुपिण्डे नगरपालिकामा सुविधा सम्पन्न १५ शैय्याको अस्पताल निर्माणका लागि स्थानीयले डेढ विगाहा जग्गा निःशुल्क प्रदान गरेका छन् । नगरपालिकाको वडा १ अम्राका २३ घरपरिवारले निःशुल्क जग्गा दान गरेका हुन् । जग्गा दाता मोतीलाल बुढाले करोडौं मूल्य बराबरको अन्नबाली लगाउने जग्गा अस्पताल निर्माणका लागि दान दिएको बताउनुभयो ।

जातीय पहिचान संरक्षणका लागि दोलखामा ४ ओटा संग्रहालय निर्माण

माघ ८,दोलखा । जिल्लाकोे तामाकोशी गाउँपालिकामा चार ओटा जातीय संग्रहालयको निर्माण गरिएको छ । गाउँपालिकाका चार ओटा वडाहरुमा जातीय पहिचान संरक्षणको लागि  संग्रहालयहरुको निर्माण गरिएको हो ।गाउँपालिकाको लगानीमा वडा नम्वर १ भिरकोटमा माझी संग्रहालय, वडा नम्वर ४ मालुमा जनजाती संग्रहालय, वडा नम्वर ७ हाँबा देउरालीमा सुनुवार संग्रहालयका लागि पक्की भवन निर्माण सम्पन्न भइसकेको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आर्थिक अभियानलाई  जानकारी दिए । तीन ओटा संग्रहालय भवनको निर्माण भइसकेकोे तथा वडा नम्वर २ झुलेमा निर्माणाधिन तामाङ संग्रहालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष पोखरेलको भनाइ छ । वडा नम्वर २ झुलेमा निर्माणाधीन तामाङ संग्रहालय ठेकेदारमार्फत निर्माण भइरहेको छ भने बाँकी तनि ओटा संग्रहालयहरु उपभोक्ता समितिमार्फत निर्माण भएको तामाकोशी गाउँपालिकाले बताएको छ ।  गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि विभिन्न आर्थिक वर्षमा माझी संग्रहालयकालागि २६ लाख ३२ हजार रुपैयाँ, जनजाती संग्रहालयकालागि १४ लाख रुपैयाँ, सुनुवार संग्रहालयकालागि २७ लाख ६५ हजार रुपैयाँ तथा तामाङ संग्रहालयको लागि ३२ लाख ९४ हजार रुपैयाँ तामाकोशी गाउँपालिकाले खर्च गरेको गाउँपालिकाका ईञ्जिनीयर सुवोध चापागाइँले जानकारी दिए ।  वडा नम्वर १  भिरकोटको माझी संग्रहालय निर्माणकालागि गाउँपालिकाले जग्गा खरीद गरेको, वडा नम्वर ४ मा रहको जनजाति संग्रहालय भने एक क्लवको जग्गामा निर्माण गरिएको छ । यस्तै वडा नम्वर ७ को हावामा निर्माण भएको  सुनुवार संग्रहालय तथा वडा नम्वर २ झुलेमा निर्माणाधीन तामाङ संग्रहालयकालागि व्यक्तिले जग्गा दान दिएको गाउँपालिकाले बताएको छ । संग्रहालयको रेखदेख तथा व्यवस्थापनकालागि स्थानीय स्तरमै संग्रहालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी सञ्चालनको जिम्मा दिइने अध्यक्ष पोखरेलले बताए । नयाँ पुस्ताले पुराना कुरा भुल्दै जाने सम्भावना देखिएकोले जातीय पहिचान तथा संस्कृति संरक्षणकालागि संग्रहालय उपयुक्त हुने देखिएकोले गाउँपालिकाले लगानी गरेको उनको भनाइ छ ।  जातीय पहिचान तथा जातीय संस्कृति संरक्षण तथा जातीय संस्कृतिको अध्ययन गर्ने हरुकालागि  संग्रहालयले विशेष महत्व राख्ने  वडा नम्वर ७  हाँबा देउरालीमा रहेको  सनुवार संग्रहाल निर्माण कालागि जग्गा दिने जग्गा दाता  भवानी सुनुवारले बताए । दोलखाको हाँबा तथा यस आसपासका रामेछाप जिल्लाका भागहरुनैं सुनुवार जातिको उद्गम स्थल भएकोले देशका विभिन्न भागमा छरिएर रहेका सुनुवारहरुले पनि संग्रहालय निर्माण पछि सुनुवार संस्कृतिको संरक्षणमा चासो देखाउँदै सम्पर्क गरिरहेको उनको भनाइ छ ।

तीनकरोड भन्दा बढीको जग्गा दिने दाता सम्मानित

नुवाकोट । सशस्त्र दशवर्षे द्वन्द्व र भूकम्पले क्षति पुगेका यहाँको प्रहरी युनिटको पुनःनिर्माण गर्न जग्गा दान दिएका आठ दातालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले सम्मान गरेको छ ।

तीनकरोड भन्दा बढीको जग्गा दिने दाता सम्मानित

नुवाकोट असार  २८गते। सशस्त्र दशवर्षे द्वन्द्व र भूकम्पले क्षति पुगेका यहाँको प्रहरी युनिटको पुनःनिर्माण गर्न जग्गा दान दिएका आठ दातालाई...