नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले पार्टीमा रहेका कमजोरी र असन्तुष्टि समेटेर गुट बनाएको र अन्त्यमा पार्टी कब्जा गरेको बताए । ‘ओली गुट यो तहमा कसरी आयो ? पुस ५ पछिको मात्रै विश्लेषण गरेर मात्रै पुग्दैन’, अध्यक्ष नेपालले भने, ‘ नेपालको राजनीतिमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुव