काठमाडौं : काठमाडौं महानगरको फोहोर महानगर तथा अन्य सहयोगी निकायको स्रोत र शक्तिसहित आजबाट पूर्णरुपमा उठ्न थालेको छ। आजमात्रै २८४ वटा गाडीहरु फोहोर बोकेर बन्चरेडाँडा पुगेका मेयर बालेन शाहले जानकारी दिएका छन्।मेयर शाहले फेसबुकमार्फत जानकारी गराउँदै भनेका छन्, 'सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरू हटेका छन्। आजमात्रै २८४ गाडी फोहोर बोकेर बन्चरे पुगेका छन्। यही कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ।'उपत्यकामा फोहोरको मात्रा धेरै थुप्रिएर प्रदूषण बढेपछि महानगरका स्रोत साधनले फोहोर