उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौंबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिए । फोहोर विसर्जन गर्न दिने सहमति भए […]