एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकले सोमबार राजधानीमा ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो । यद्यपि, हाललाई कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा प्रति प्रदेश एक/एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा महिला ब्रान्च