ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा भारी हिमपात भएको छ । बिहीबार रातिदेखि सुरु भएको हिमपात शुक्रबार अपराह्नसम्म पनि जारी रहेको छ ।
तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा झण्डै एक फिटसम्म हिउँ परेको फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतले जानकारी दिनुभयो । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात जारी रहेको छ भने प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि अहिले हिमपात भइरहेको महतले बताउनुभयो ।