सल्यान : व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानका उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका छन्। दर्ता भई सञ्चालन रहेका उलेग व्यवासय बन्द गर्नेको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ।उद्योग व्यवसाय चल्न नसकेपछि, व्यवसायीहरुले दर्ता गरेका उद्योगको लगत कट्टा गर्न थालेका छन्। एक करोड लगानीमा सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा २०७० सालमा सञ्चालनमा आएको साबुन उद्योग विगत दुई वर्षदेखि बन्द छ।विश्वभर फैलिएको कोरोना महामारीका कारण बन्द भएको उद्योग अझै सञ्चालनमा आउन सकेको छैन। उद्योग सञ्चालन गर्दा लि