पाकिस्तानी अर्थतन्त्रको अधोगति : सुजुकी र टोयटापछि होन्डाले पनि बन्द गर्‍यो उद्योग

इस्लामावाद । पाकिस्तान अहिले चरम आर्थिक अभावसँग जुधिरहेकै समयमा कार कम्पनीहरुले पनि एक पछि अर्को गर्दै कारखाना बन्द गरिरहेका छन् । बुधवार जापानी कार निर्माता कम्पनी होन्डाले आपूर्ति शृङ्खलामा चरम अवरोध भएको भन्दै कारखाना बन्द गरेको जियो न्यूजको खबरलाई उद्धृत गर्दै एएनआईले समाचार छापेको छ । होन्डा अटोमोबाइलका लागि कार एसेम्बल गर्ने कम्पनी 'होन्डा एट्लास कार्स'ले कारखाना बन्द गर्नुको कारण पाकिस्तानको अहिलेको आर्थिक अवस्थालाई दोष दिएको छ । कारखाना मार्च ९ देखि ३१ को बीचमा बन्द रहनेछ । आफूले उत्पादनलाई निरन्तरता दिन नसक्ने अनि महीनाको बाँकी अवधिभर कारखाना बन्दै रहने कम्पनीले बताएको छ । कम्पनीले पाकिस्तान स्टक एक्सचेञ्जलाई यसबारे सूचीत समेत गरिसकेको छ । कम्पनीको आपूर्ति शृङ्खलामा गम्भीर अवरोध आएकोले सो निर्णय गर्नु परेको जियो न्यूजले उल्लेख गरेको छ । डलरको चरम अभावबीच पाकिस्तान सरकारले पार्ट्स, कच्चा पदार्थहरुको आयातको लागि एलसी खुलाउन रोक लगाउने समेतका कठोर उपायहरू अपनाएको छ भने विदेशी भुक्तानी रोकेको छ । यस्ता उपायहरुले कम्पनीको आपूर्ति शृङ्खलामा नराम्ररी धक्का लागेको छ । यस अघि नै सुजुकी र टोयोटाका लागि पाकिस्तानी असेम्बलर कम्पनी सिन्धु मोटर कम्पनीले पनि कारखाना पूरै बन्द गर्ने घोषणा गरेका थिए । पाकिस्तानको अटो उद्योग पूर्ण रुपमा आयातमा निर्भर छ । डलरको चरम अभाव र पाकिस्तानी रुपयाको भाउमा तीव्र अवमूल्यनसँगै केन्द्रीय बैंकले एलसी खुलाउनमा रोक लगाएको छ । अहिले चरम महँगी सामना गरिरहेका अर्थतन्त्रमा पाकिस्तान पनि पर्छ । रुपयाको भाउमा आएको कमीले आयात धान्नै नसक्ने भएको अवस्थामा कर्जाको आकाशिएको लागतले पनि माग थप खस्काएको छ । बजारमा माग घटेको अनि एलसी पाउन नसकेकै अवस्थामा इन्भेन्टरी कायम गर्न नसकेको जस्ता कयौं कारणहरुले गर्दा पाकिस्तानमा उत्पादन पूर्ण वा आशिंक बन्द गर्ने अटो निर्माताहरुको संख्या बढेको छ । एजेन्सी

सम्बन्धित सामग्री

सुजुकीले ल्यायो ‘बाडौँ खुसी, चढौँ सुजुकी’ स्किम

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले ‘बाडौँ खुसी, चढौँ सुजुकी’ स्किम ल्याएको छ ।

सुजुकी जिम्नी र फ्रोन्क्स बजारमा लन्च

नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयुभीहरू सुजुकी जिम्नी र फ्रोन्क्स नक्सालस्थित स्मार्ट सिरोजेनिक्स प्रालिमा लन्च भएको छ।...

‘सुजुकी पर्वोत्सव’ योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगमी दशैं तिहारका लागि उक्त योजना ल्याएको हो।...

सुजुकी 'पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।...

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु

सुजुकी एभेनिस स्कुटर बजारमा

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ।...

प्रविशा ट्रेडिङको सोरूममा नयाँ ‘सुजुकी सेलेरिओ’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटर्सको अफिसियल विक्रेता सीजी मोटोकर्पले नेपाल ल्याएको नयाँ ‘सुजुकी सेलेरिओ’ काठमान्डौको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिको एरपोर्टस्थित शोरुममा सार्वजनिक गरेको छ । प्रबिशा ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रबिण बिक्रम शाहीका अनुसारसेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो, न्यु जेनेरेशन सेलेरियो माअझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर […]

सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा, कस्ता छन् विशेषता?

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजी अटोमोबाइल्स प्रालीले बीएस–६ प्रविधिको सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा भित्र्याएको छ।