राष्ट्रिय चिकित्सा अध्यादेश २०७४ बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि बैठकले सो अध्यादेश स्वीकृत गरेको हो। शिक्षा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा अध्यादेश २०७४ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। यसका साथै, संघीय संसदको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार आज (मंगलबार) राति १२ बजेदेखि नै संघीय संसदको अधिवेशन अन्त्य…