प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिए । भट्टले भने, “भौगोलिकरुपमा विकट मतदानस्थलमा आजैदेखि कर्मचारी नियुक्त भई मतपत्रसहित खटाउन लागिएको छ, सुगम ठाउँका मतदानस्थलमा बुधबारभित्र कर्मचारी खटनपटन भइसक्छ छ ।” मङ्सिर १ गते हरेक मतदानस्थलमा सूचना टाँस गर्नुपर्ने कार्यतालिका छ । कर्मचारी खटनपटनका साथै मतदान स