नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा नेपाली औषधि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि पाँच उद्योगले …