काठमाडौं : नेकपा (एमाले) को माधव नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ। संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले यसको जानकारी गराएका हुन्। अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिती फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी गराएको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिए। पार्टी एकता प्रक्रिया अघि बढेकाले अहिलेको अवस्थामा विपक्षी गठबन्धनमा र