पोखरा । स्याङजाका रमेश कार्कीको संघर्षको कथा अलि फरक र कतै रहरलाग्दो कतै डरलाग्दो कहानीले भरिएको छ । तर, पर्यटकीय राजधानी पोखरामा ‘हस्पिटालिटी बिजनेस’को हब बनाइरहेका कार्की आफूलाई ‘अण्डरडग’ राख्छन् अर्थात आफू होइन आफ्नो व्यवसाय चिनाउन चाहन्छन् । गत साता पोखरामा भेटिँदा उनी पर्वतीय संग्रहालयभित्र अवस्थित क्यान्टिनको लोकल कुखुरा र खसी-बोकालाई चारो दिँदै थिए । […]