पर्वत : आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन्।आफ्नो पार्टीमा आस्था राख्नेहरूलाई जोस भर्ने र सकेसम्म फरक राजनीतिक दलमा आस्था राख्नेहरूलाई आफ्नो पार्टीमा स्वागत गर्न नेताहरूलाई भ्याई नभ्याई छ।अघिल्ला निर्वाचनहरू भएको पाँच वर्षपछि उही तामझामका साथ नेता तथा कार्यकर्ताहरू गाउँ गाउँमा पुगेका छन्। गाउँमा पुगेर आफू आवद्ध दलले गरेका राम्रा कामहरूको मात्रै फेहरिस्त सुनाउन व्यस्त देखिन्छन् नेता र कार्यकर्ताहरू।बहालवाला जनप्रतिनिधिहरूलाई पनि उसै