काठमाडौः दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा प्रहरीले छापा मारेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कम्पनिमा सोमवार दिउँसो छापा मारेको हो।
कम्पनीले उत्पादन गर्ने फ्रुटी बनाउन प्रयोग गर्ने कच्चा पदार्थ डेट एक्सपायर भेटिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले बताए। अनुगमनको क्रममा फुट्री बनाउने पदार्थमा मिति गुज्रिएको भेटिएको छ।