काठमाडाैँ- निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताएका छन्। नेपाल कानुन समाजले मंगलबार आयोजना गरेको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरूको उपस्थितिमा बनाइएको आचारसंहिता भएकाले साना र ठूला दल भन्ने कुरा नहुने बताए। आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। […]