आजदेखि मतपत्र जिल्ला जिल्लामा पठाइँदै, आवश्यक परे हेलिकप्टर प्रयोग गरिने

काठमाडौं : निर्वाचन आयोगले आज (मंगलबार) देखि मतपत्र ढुवानी गर्ने भएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको मतदानका लागि आयोगले मतदान स्थलहरूमा मतपत्र ढुवानी थाल्न लागेको हो।स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जानकारी दिएको छ। स्थानीय चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको आयोगले सोमबार सम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले ७७