सरकारले एमसीसी अघि बढाउन लागेपछि ५ दल आक्रोशित

सरकारले एमसीसी प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दल आक्रोशित बनेका छन् । ती दलले यसविरुद्ध आन्दोलनलाई आक्रामक बनाउने बताएका छन् । बुधबार बन्दको घोषणा नै गरेका ती दलले बिहीबारदेखि थप सशक्त आन्दोलनको कार्यक्रम तय गर्ने बताएका छन् । बुधबार बस्ने प्रतिनिधिसभामा काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबुल गर्न खोजेको छ भने त्यसका लागि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न सभामुखलाई आजै आग

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा एमसीसी अघि बढाउन सभामुखलाई प्रचण्डको 'ग्रिन सिग्‍नल'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्‍नि सापकोटालाई भेटेका छन्। सत्तारुढ गठबन्धनको बैठकपछि प्रचण्डले सापकोटालाई भेटेका हुन्। गठबन्धनको बैठकमा सत्तारुढ दलहरु बिच अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गर्ने सहमति भइसकेको छ। यसअघि संसदमा एमसीसी पेश गर्न माओवादीले अवरोध गरेको थियो। सभामुखसँग भेटेर प्रचण्डले…

माओवादी नेतृ शर्मा भन्छिन्- राष्ट्रिय सहमतिविना एमसीसी अगाडि बढाए आन्दोलन

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले राष्ट्रिय सहमतिविना एमसीसी अगाडि नबढ्ने बताएकी छन् । जबरजस्ती एमसीसी अघि बढाउन खोजे ‘दुर्घटना’ हुने उनको भनाइ छ । संसद बैठक अघि सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री शर्माले भनेकी छन्, ‘विना संशोधन र परिमार्जन, राष्ट्रिय सहमति नगरी संसद अवरुद्ध भएको अवस्थामा एमसीसी अगाडि […]

एमसीसी अघि बढाउन कांग्रेसभित्र दबाब

काठमाडौं । लामो समयदेखि विवादित बन्दै आएको अमेरिकी अनुदान सहयोग (एमसीसी) सम्झौता अघि बढाउन नेपाली कांग्रेसभित्र चर्को दवाब पर्न थालेको छ । नेपाली कांग्रेसको जारी कार्यसम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत हुँदा सम्झौता अनुमोदनका लागि अघि बढाउन पार्टीभित्र दबाब बढेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीका बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई समय दिएका थिए । महतले लामो व्याख्या गर्दै एमसीसी पारित गरेर जानुपर्ने सुझाव दिएका थिए । ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सडक र प्रसारण लाइनका लागि मात्र भएकाले यसमा अलमल गर्न आवश्यक नरहेको उनले बताएका थिए । एमसीसी अस्वीकार गर्दा अन्तरराष्ट्रियस्तरमा देशको छवि बिग्रिन सक्ने भन्दै गठबन्धनका दलहरूलाई पनि मनाएर जनतालाई कन्भिन्स गर्नुपर्ने उनको सुझाव थियो । बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) सदनमा लैजाने कुरामा सभामुखले आफ्नो पदीय दायित्व निभाउनुपर्नेमा समेत नेताहरूले आवाज उठाएका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता डा. शशांक कोइरालाले पनि एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा संसद्ले निर्णय लिन पाउनुपर्नेमा बैठकमा आवाज उठेको बताए । ‘सभामुखको काम नै सरकारले पठाएका विधेयकहरू सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनु हुँदैन, संसद्मा छलफल गराउनुपर्छ,’ महतले भने । एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए । उनले भने, ‘एमसीसीबारे पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्मा एमसीसी लैजानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।’ सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन । पछिल्लो समय सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भन्दै पठाएको पत्रले राजनीतिमा तरंग पैदा भएको थियो ।

एमसीसी प्रस्ताव अघि बढाउन प्रधानमन्त्री देउवाको जोडबल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रस्ताव संसदमा टेबुल गर्न जोडबल गर्नुभएको छ । बालुवाटारमा हिजो साँझ आफु निकटका नेताहरुसँग आन्तरिक परामर्श गर्दै देउवाले २६ गतेको संसदमा प्रस्ताव अघि बढाउन जोड दिनुभएको हो । देउवाले हिजो साँझ गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस सचेतक पुष्पा भुसालसँग छलफल […]

एमसीसीलाई राम्रो र सहज वातावरणमा हामी अघि बढाउन चाहन्छौं : माधव नेपाल

काठमाडौँ, ५ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई राम्रो र सहज वातावरणमा हामी अघि बढाउन चाहेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘एमसीसीसँग जोडिएकाहरुले हामीलाई बुझाउने कोसिस गरिरहेका छन् । […]

प्रम र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार अपराह्न प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलबीच भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन आफू तयार रहेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका […] The post प्रम र एमसीसी उपाध्यक्षबीच भेटवार्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमसीसी सम्झौताः सभामुखले टेबल नगरेकोप्रति प्रधानमन्त्री रुष्ट

काठमाडौं, बैशाख ५ । संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोजेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाटारमा सर्वदलीय बैठक गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले एमसीसी सम्झौता संसद्मा टेबल […]