केही प्रदेशमा मौसम बदली‚ केहीमा सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मौसम बदली हुनेछ। प्रदेश १ का पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ।शुक्रबार बिहान प्रदेश २ र बाँकी प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ अन्य भू–भागमा भने मौसम सामान्यतः सफा रह

सम्बन्धित सामग्री

आज यी प्रदेशमा मौसम बदली रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने बताएको छ।...

आजको मौसम : सामान्यतया सफा

काठमाण्डाै - आज सामान्यतया देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम भने आंशिक बदली हुने सम्भावना छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले बताउनुभयो । तत्काललाई मौसम बदली हुने कुनै पनि प्रणाली नेपालमा नरहेको उहाँले जानकारी दिनुभयो। मौसमविद्का अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन । यसपालि हिउँदमा खासै पानी पर्न  सकेको छैन । पानी नपर्दा डढेलोको जोखिम बढेको छ भने बिजुली उत्प...

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने मौमसविद प्रतिभा मानन्धरले जानकारी दिइन्।महाशाखाका अनुसार मंगलवार मौसम सफा रहे बुधवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।मंगलवार बिहान पहाडी भेगमा मौसम बदली छ। महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको

पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम सफा रहने छ।महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पूर्वी भेगको मौसम बदली हुने सम्भावना रहेको छ।सोमवार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने छ। रातित देशभर मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको

मौसम : पहाडी क्षेत्रमा बदली, अरु क्षेत्रमा सामान्यतया सफा

काठमाडौँ – पहाडी क्षेत्रमा शनिबार आंशिकदेखि सामान्य बदली भई अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कुनै उल्लेखनीय प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली भएको हो। अहिले पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको […]

केही प्रदेशमा आज र भोलि वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीवार र शुक्रबार केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको छ।बिहीवार बिहान देशमा अधिकांश स्थानको मौसम बदली रहेको छ। दिउँसो प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम बदली भए पनि बाँकी भू-भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती ‍र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहा

आजदेखि देशभरको मौसम सुधार

काठमाडौं : मौसम पूर्वानुनमान महाशाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदै जाने भएको छ। केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले मौसम क्रमिकरूपमा सुधार भएको हो।आइतवार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली भएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो मौसम सफा रहने छ। साँझ पख भने प्रदेश १‚ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली हुने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। देशका पूर्वी तथा पश्चिमी भू&

आजको मौसम : पहाडी क्षेत्रमा मौसम बदली हुने

काठमाडौं : नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नभएकाले आज वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम भने सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो र राति पनि देशका केही भेगमा आंशिकदेखि समान्य बदली हुने र अन्य भेगको मौसम समान्यतया सफा रहने मौसमविद समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने

आज र भोलि मौसम सामान्यतया सफा रहने

काठमाण्डाै – आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । प्रि मनसुनको समय भएकोले दिउँसोपछि पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि रहेको उहाँले बताउनुभयो । भोलि बेलुकीसम्म पनि मौसम सामान्यतया सफा रहने र पर्सि सोमबारदेखि भने मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । मे महिना नेप...

हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली भए पनि बाँकी स्थानमा सफा रहने छ।सोमबार बिहान देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार सोमबार राति प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुने र ब