आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् । निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् ।उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपु