६ महानगर र भक्तपुरका ४ नगरमा उम्मेदवार अनुसारको मतपत्र हुने आयोगको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं : निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिका गरि १० स्थानीय तहमा उम्मेदवारको संख्याका आधारमा मत पत्र डिजाइन गर्ने तयारी गरेको छ। मनोनयन दर्तापछि उम्मेदवारको संख्या हेरेर मतपत्र छाप्ने आयोगको तयारी छ।  नेकपा एमालेले भने आयोगको उक्त निर्णयको विरोध गरेको छ। एमालेले सत्ता गठबन्धनलाई मात्र फाइदा हुनेगरि मतपत्र बनाउन लागेको…

सम्बन्धित सामग्री

कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ ?

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ ।

ताप्लेजुङको यस्तो छ नमुना मतपत्र, योगेशसहित को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले प्रदेश नम्बर १ स्थित ताप्लेजुङको नमुना मतपत्र सार्वजनिक गरेको छ ।  नमुना मतपत्रअनुसार ताप्लेजुङमा ११ वटा निर्वाचन चिह्न समेटिएको छ । जसअनुसार पहिलो नम्बरमा एमालेको सूर्य चिह्न, दोस्रो नम्बरमा माओवादी केन्द्रका गोलाकारभित्रको हँसिया हथौडा, तेस्रो नम्बरको जसपाको छाता र चौथो नम्बरमा राप्रपाको हलो रहेको छ  । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार रहेका छन् ।  नेकपा एमालेले योगेशकुमार भट्टराईलाई उम्मेदवा

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को यस्तो छ नमुना मतपत्र

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को नमुना मतपत्रमा ११ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजनीति दल र स्वतन्त्रसहितका चुनाव चिह्न समेटेर मतपत्र तयार गरिएको हो । सो निर्वाचन क्षेत्रमा एमालेको सूर्य चिह्न पहिलो नम्बरमा रहेको छ भने जसपा दोस्रो र राप्रपाको हलो तेस्रो नम्बरमा रहेको छ । यसैगरी एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न चौथो नम्बरमा रहेको छ ।  इलाम क्षेत्र नम्बर १ मा एमाले र एकी

यस्तो हुनेछ प्रत्यक्षतर्फको मतपत्र !

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना सार्वजनिक गरेको छ । आयोगले विभिन्न जिल्लाका मतपत्र क्रमैसँग छापिरहेको छ । छपाइ भइसकेका केही जिल्लाका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।यसपटकको चुनावमा उम्मेदवार नभएका ठाउँमा उनीहरुको चुनाव चिह्न पनि राखिएको छैन । उदाहरणको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नै नभएकाले मतपत्रमा रुख चिह्न राखिएको छैन ।गठबन्धनका दलले देशैभरि तालमेल गरेकाले मतपत्रमा कतै रुख, कतै हँसिया ह...

सर्लाहीमा मतपत्र च्यातेको आरोपमा कांग्रेसका उम्मेदवार पक्राउ

नेपाली काङ्ग्रेसका वडाध्यक्ष पदका उम्मेदवार हार्ने भएपछि मतपत्र च्यातेको आरोपमा काङ्ग्रेस वडा अध्यक्षका उम्मेदवार प्रभाकर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

५३ पालिकाको मतपत्र दोहोर्याएर छापिँदै

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्‍याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्‍याएर छाप्न लागिएको हो। आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो। ‘स्वतन्त्र उम्मेदवार हामीले अपेक्ष गरेभन्दा बढी भए’, आयोग स्रोतले भन्यो, &lsquo

स्वतन्त्र उम्मेदवार धेरै भएका ४५ भन्दा बढी ठाउँका मतपत्र फेरि छापिने

काठमाडौं : निर्वाचन आयोगले ४५ भन्दा बढी स्थानीय तहको मतपत्र पुनः छपाइ गर्ने भएको छ। स्वतन्त्र उम्मेदवार बढी भएका पालिकाको मतपत्र पुनः छपाइ गर्ने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए।अहिले ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाका ४ नगरपालिकाको मतपत्र छपाइ भइरहेको छ। त्यहाँको मतपत्र छपाइ सकिएलगत्तै स्वतन्त्र उम्मेदवार बढी भएका पालिकाका लागि मतपत्र छापिने अर्यालले बताए। मतपत्र पुनः छपाइ गर्न परे पनि निर्वाचनका निर्धारित कुनै पनि कार्यक्रम हेरफेर नहुने आयोगले स

६ महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ शुरु

काठमाडौं : ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ सुरु भएको छ। उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो। शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४

कुन जिल्लाको मतपत्र कस्तो ?

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् । धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ ।  कुन जिल्लाको मतपत्र कस्तो छ, हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

६ महानगर र भक्तपुर बाहेकको नमूना मतपत्र सार्वजनिक, कुन जिल्लाको मतपत्र कस्तो?

काठमाडौँः निर्वाचन आयोगले उम्मेदवार मनोनयनपछिको बास्तविक मतपत्रको जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकको नमूना मतपत्र आयोगले शनिबार सार्वजनिक गरेको हो।  महानगरपालिकाको मतपत्र भने आयोगले उम्मेदवारको अन्तिम टुंगो लागेपछि मात्र छपाइ गर्ने यसअघि नै जनाइसकेको छ।  जिल्लागत रुपमा मनोनयन दर्ताका आधारमा मतपत्र आयोगले तयार पारेको…