हेटौंडा : कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। तर मकवानपुर जिल्लामा भने उमेर नपुग्दै विवाह गर्ने मात्र होइन सानै उमेरमा आमा बन्ने र गर्भपतन गर्ने किशोरीको संख्या उल्लेख्य रहेको पाइएको छ।
मकवानपुरमा २० वर्ष नपुगी आमा बन्नेको संख्या उल्ल्ख्य बढेको हेटौंडा अस्पतालको तथ्यांकले देखाएको हो। अस्पतालमा पनि बाल विवाहका कारण किशोरीमै आमा हुनेको संख्या बढ्दै गएको छ। वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको जिल्ला अस्पतालको तथ्यांकले देखिएको छ। यस चालू वर्षको ...