कुर्सी नमिलेर र नपुगेर सरकार र सडकमा बाँडिएका नेकपाका नेताहरु सूर्य मेरै हो भनेर एकोहोरो हानथाप गरिरहेका छन् । यसले पनि मेरो, उसले पनि मेरो भनेर अचाक्ली गर्न थालेपछि सूर्यलाई नै रिस उठिसक्यो । त्यसैले दुवै नेकपाले सूर्य मेरो भन्दै सडकमा उफ्रेको दिन राम्रोसँग घाम लाग्दैन, सूर्य लुक्ने र छेकिने गर्छ । दुवैको प्रदर्शनमा सूर्य सहभागी नभए पनि दुई थरी नेकपा सूर्य आफ्नै भनेर मरिहत्ते गर्न भने छाड्दैनन् । दुवैलाई लाग्छ, सूर्य नभइ चुनाव जितिँदैन । जिन्दगीमा सूर्य चुनाव चिह्नमा नलडेकालाई पनि सूर्य चाहिएको छ । पटक-पटक सूर्य चुनाव...