काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँल...