नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता, एनबीबीले प्रतिशेयर ४३ रूपैयाँ पाउने

नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबीबी) लाई प्राप्ति गर्ने भएको छ ।  एनबी बैंक सञ्चालक समितिको बिहीवार बसेको बैठकले नबिलसँग मर्जरमा जाने निर्णय गरेपछि दुवै बैंकले मर्जर सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् । बिहीबारै बसेको नबिल बैंकको सञ्चालक समितिले पनि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको नबिल बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।  उनका अनुसार नबिलले एनबी बैंकको शेयर प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गर्ने भएको छ । नबिलले खरिद गर्ने शेयरमा एनबी बैंकले सहमति दिएपछि बिहीवार नै २ बैंक...

सम्बन्धित सामग्री

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरू

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि सुरू भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरू भएको हो । “क“ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश […]

नबिल बैंक र नेपाल बंगलादेश बैंक एकिकृत कारोबार मिति तय

नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो । त्यस्तै दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने इर्ने गरेको थियो ।नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई  १००ः४३ को स्वापमा गाभ्न लागेको हो ।  जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूंजी  २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ। त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ। प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ ।

नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा […]

मर्जर र प्राप्ति : लामो समय कारोबार रोक्ने परिपाटी हट्दै

जेठ २०, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीबीच मर्जर वा प्राप्तिको प्रक्रिया शुरू भएपछि लामो समय शेयर कारोबार रोक्ने अहिलेको परिपाटी चाँडै हट्ने भएको छ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्जर तथा प्राप्ति प्रयोजनका कारण लामो समय शेयर कारोबार रोकिन थालेपछि यसको निकास खोज्न थालेको हो । बोर्डले यस विषयमा अध्ययन गरी आवश्यक निकास निकाल्न कार्यदल (टास्क फोर्स)लाई जिम्मा दिइसकेको जानकारी दिएको छ ।  बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समय लगानीकर्ताको सम्पत्ति मर्जर तथा प्राप्तिको नाममा बन्धक बनाउन नहुने भन्दै यसको निकासका लागि बोर्ड गम्भीरताका साथ अघि बढेको बताए । यस विषयमा नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग छलफल भइसकेको र दुवै निकाय सकारात्मक रहेकाले आगामी १५ दिनभित्र निकास निस्कने विश्वास हमालको छ । यो विषयमा छिटो निकास निकाल्नुपर्ने भएकाले टास्क फोर्सलाई जिम्मा दिइएको उनको भनाइ छ । टास्क फोर्सले विशेषगरी बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्ति प्रयोजनका लागि केकति समय कारोबार रोक्का गर्दा ठीक हुन्छ भन्ने विषयमा अध्ययन गर्ने हमालले जानकारी दिए । मर्जर तथा प्राप्ति प्रयोजनका लागि कारोबार रोक्का गर्ने व्यवस्था धितोपत्र बोर्डले नगरेको तर्क उनको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बनाएको उक्त व्यवस्था हाल नेप्सेले सबै क्षेत्रको कम्पनीमा लागू गरेकाले यसलाई सुधारेर लैजान निर्देशन दिइसकेको हमालले जानकारी दिएका छन् ।  धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज पनि मर्जर तथा प्राप्तिको कारण लामो समय कारोबार रोक्का गर्न नहुने पक्षमै छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बोर्डले हालको व्यवस्थालाई अध्ययन गरी निकासको बाटो खोजे नेप्से सोही बाटोमा हिँड्ने बताए । संसारभर कहीँ कतै नभएको हाम्रो देशको यो व्यवस्थालाई जतिसक्दो परिवर्तन गर्न नियामक निकायले पहल गर्नुपर्ने माग उनको छ । हाल मर्जर तथा प्राप्तिका कारण दुई वाणिज्य बैंक, पाँच बीमा कम्पनी, चार लघुवित्त कम्पनी र दुई जलविद्युत् कम्पनीको शेयर कारोबार रोकिएको छ ।  शेयर कारोबार रोक्का हुने दुई वाणिज्य बैंकमा हिमालयन र नेपाल बंगलादेश बैंक छन् । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर प्रयोजनका लागि २०७८ साल वैशाख ३१ गतेदेखि नै हिमालयन बैंकको शेयर कारोबार रोक्का छ । नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार खुला भइसके पनि हिमालयन बैंकको रोक्का नै छ । मर्जर नगर्ने भएसँगै २०७८ साल वैशाख ३१ गतेदेखि रोकिएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार जेठ १६ गतेदेखि खुला भएको हो । त्यस्तै नबिल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार २०७८ साल पुस ३० गतेदेखि रोक्का छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइमलाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त, आँधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त, समाज लघुवित्त, रिडी हाइड्रोपावर र रैराङ हाइडोपावरको शेयर कारोबार पनि मर्जर तथा प्राप्ति प्रयोजनकै लागि रोक्का छ । मर्जर र प्राप्तिको कारण लामो समयसम्म कारोबार रोक्का रहँदा समस्यामा परेको गुनासो लगानीकर्ताले गरेका छन् । पछिल्लो समय मर्जर सम्झौता अस्वीकृत भइसकेको महीनौं बितिसक्दा पनि हिमालयन बैंकको कारोबार खुला नभएको अवस्थाले पनि लगानीकर्ता आत्तिएका हुन् ।

नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का

अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक) लाई प्राप्ति गर्ने पक्का भएको छ। शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले यी दुई बैंक एक आपसमा एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेर अख्तियारी दिएपछि गाभ्ने- गाभिने प्रक्रिया अगाडि बढेको छ।दुवै बैंकको विशेष साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बैंकहरुले जनाएका छन् । एनबी बैंकलाई गाभेपछि नबिल बैंक अधिकांश सूचकमा पहिलो बैंक बन्ने उसले दाबी गरेको छ। एनबी बैंकक

बंगलादेश बैंकसँगको मर्जर टुङ्गो लगाउन नबिलले बोलायो विशेष साधारण सभा

नबिल बैंकले आगामी जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । यसअघि नेपाल बंगलादेश बैंक (एनबीबी) लाई प्राप्ति गर्ने सहमति भएसँगै अघि बढेको सबै प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन बैंकले विशेष साधारण सभा बोलाएको हो ।सभामा नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति र समाहित हुने मुद्दामा नै केन्द्रित हुने र सो सम्बन्धमा हालसम्म भएका सबै प्रक्रियालाई अनुमोदन गरिने बैंकले बताइएको छ । यसअघि बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।जेठ ७ गतेलाई विशेष साध

अन्तत : नबिलले किन्ने भयो नेपाल बंगलादेश बैंक, कति छ त शेयर मिलान अनुपात ? *

पुस २९, काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति(एक्विजेशन) गर्ने सहमति भएको छ । ती दुई ओटा कम्पनीका प्रतिनिधिहरुले प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट  उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका छन् भने नेपाल बङ्गलादेश बैंककातर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । प्राप्तिका लागि नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सहमति जुटेको छ । केही व्यवहारिक विषयहरु सम्झौतामा उल्लेख नगरी मौखिक सहमति पनि गरिएको स्रोतले बताएको छ । प्राप्तिपछि कम्पनीको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति छ । प्राप्तिपछि कम्पनीको अध्यक्ष हालका नबिल बैंकका अध्यक्ष  र प्रमुख कार्यकारी अधिकृत(सीईओ) पनि नबिल बैंककै हुनेछन् । ती दुवै कम्पनीमध्ये नबिलले नेपाल बंगलादेश बैंकलाई किन्न लागेको चर्चा परिचर्चा चलेको थियो ।तर शेयर मिलान अनुपात (स्वाप रेसियो) लगायतका विषयमा कुरा मिलिसकेको थिएन । ती विषयमा समझदारी भएपछि औपचारिक रुपमा दुबै कम्पनीले प्रक्रिया अघि बढाएका हुन् । दुबै कम्पनीले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र कम्पनीहरुको दिर्घकालीन रणनीतिक योजनासमेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढ्ने बताएका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपछि वाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने विश्वास लिएको सम्झौतापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । ती कम्पनीहरुले प्राप्ति कार्य पाँच महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपछि बैकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ, चुक्तापूँजी २२ दशमलव ५ अर्ब, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४  अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब माथि हुनेछ । शाखा सञ्जाल तत्कालै २३५ ओटा पुग्ने छन्। ग्राहक संख्या पनि १६ लाखमाथि हुनेछ ।   बिहीवार काठमाडौंमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर समारोहमा  नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित दुवै कम्पनीका  सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै कम्पनीले विज्ञप्तिमा उल्लेख गरेका छन् । प्राप्तिको विषय बाहिर आएपछि साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल बंगलादेश बैंकको शेयरमूल्य घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य शून्य दशमलव २५ प्रतिशतले घटेर प्रतिकिता मूल्य ३९९ रुपैयाँ पुगेको छ । नबिल बैंकको शेयरमूल्य भने प्रतिकित्ता १ हजार ११० रुपैयाँ रहेको छ । यो दिन कम्पनीको शेयरमूल्य शून्य दशमलव २७ प्रतिशतले बढेको छ । यसअघि नेपालमा पछिल्लोपटक  बीग मर्जर भएको थियो । बीग मर्जर अन्तरगत ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । अहिले क वर्गकै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक पनि एकअर्कामा मर्ज हुने प्रक्रियामा छन् ।    *बेलुका ९ : ३० बजे अद्यावधिक गरिएको यो पनि हेर्नुस् : नबिलले नेपाल बंगलादेश बैंक किन्ने

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्...

नबिल बैंकले नेपाल बंगलादेश बैंक किन्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बं

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए । बुधवार सम्पन्न बोर्ड मिटिङले मर्जर समिति बनाएको र सोही समितिले नेपाल बंंगलादेश बैंकसँग छलफल गर्ने उनको भनाइ छ । ‘हामीले आधिकारिक रूपमा नेपाल बंगलादेश बैंकलाई नै प्राप्ति गर्ने भनेर मर्जर समिति बनाएका होइनौं । उससँग छलफल भने भइरहेको छ,’ उनले भने, ‘अन्य १÷२ बैंकलाई पनि प्राप्तिका लागि हेरिरहेका छौं ।’ नेपाल बंंगलादेश बैंकले पनि मर्जर समिति बनाएको छ । बिहीवार भएको बोर्ड मिटिङले मर्जर समिति बनाएको बताइएको छ । यी दुई बैंकबीच आवश्यक सहमति भएमा संयुक्त रूपमा मर्जर समिति बन्नेछ । त्यसपछि थप प्रक्रिया अगाडि बढ्ने नबिल बैंकका सीईओ शाहको भनाइ छ । नेपालमा पछिल्लोपटक ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । अहिले क वर्गकै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक पनि एकअर्कामा मर्ज हुने प्रक्रियामा छन् । अहिले आएर नबिल र नेपाल बंगलादेश पनि बिग मर्जरको तयारीमा रहेको देखिन्छ । नबिल बैंकमा नेपालको चौधरी समूहको लगानी छ । नेपाल बंगलादेश बैंकमा भने बंगलादेशको आईएफआईसी बैंकको शेयर लगानी छ । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गतवर्षदेखि नै नेपाल बंंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए । तर, त्यसमा विभिन्न अवरोध आइरहेको थियो । अहिले राष्ट्र बैंकले त्यो अवरोध हटाएको बताइएको छ । अहिले आईएफआईसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर विक्री गरेर बाहिरिने तयारीमा छ । चौधरी समूहले सोही शेयर किनेर बैंक नै नबिल बैंकसँग गाभ्ने तयारी गरेका थिए । यसअघि पनि यी दुई बैंक मर्ज हुने विषयमा चर्चा चलेको थियो । तर, स्वाप रेसियोबारे सहमति हुन नसक्दा त्यो सफल हुन सकेको थिएन । अहिले अनौपचारिक रूपमा स्वाप रेसियाबारे केही हदसम्म सहमति भइसकेको छ । अन्तिम टुंगो भने सम्पत्ति तथा दायित्व अध्ययन (डीडीए) गरेपछि मात्र हुने बताइएको छ । दुवै बैंकले डीडीए प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ । मर्जरको विषय बाहिर आएपछि बुधवार नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बुधबार बैंकको शेयर मूल्य ९ दशमलव शून्य ८ प्रतिशतले बढेर प्रतिकिता ४०२ पुगेको थियो । नबिल बैंकको शेयर मूल्य भने प्रतिकित्ता १४५० रुपैयाँ रहेको छ ।